काठमाण्डौ – होङसी शिवम् सिमेन्ट प्रालिले आफ्ना सेयर धनीलाई १० दशमलव २४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
शिवम् सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई १०.२४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।होङसी शिवमको हालै सम्पन्न वर्षिक साधारण सभाले उक्त सम्बन्धको प्रस्ताव पारित गरेको हो । शिवम् होल्डिङ्समा शिवम् सिमेन्टको ८८ प्रतिशत सेयर स्वामित्व छ ।
होङसी शिवम् प्रालिमा चीनको होङसी होल्डिङ ग्रुप अन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम् होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी छ । शिवम सिमेन्टका अनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार ८ सय रुपैयाँ चुक्ता पुँजीमध्ये शिवम् होल्डिङ्सको पुँजी ३ अर्ब ८२ करोड १९ लाख ९६ हजार ९ सय रुपैयाँ लगानी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar