मस्को – रुसी राष्ट्रपती भ्लादमिर पुटिनको आलोचना गर्ने मोडल ग्रेटा वेडलरको शव कारभित्र एक सुटकेटमा भेटिएको छ ।
२३ वर्षकी ग्रेटा करिब वर्ष दिनदेखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ ९मनोरोगी० बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।
फक्स न्युजको रिपोर्टअनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन् । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे ।
कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar