काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ता तथा माओवादी आन्दोलनका सहिद परिवारका सदस्य ज्योति किरणले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली निकट श्रोतका अनुसार माओबादीका शहिद परिवार सदस्य, युवा राजनीतिज्ञ एवम प्रगतिबादी लेखक ज्योती किरणले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका हुन् । श्रोतका अनुसार ज्योति किरणसंगै माओबादी जनयुद्धमा जीवन गुमाएका थुप्रै शहिद परिवारहरुले पनि एमाले प्रवेश गर्ने भएका छन् ।
पछिल्ला केहिदिनदेखी ज्योति किरणले एमाले अध्यक्ष ओलीसंग भेटघाटलाईसमेत तिव्रता दिएका छन् । हिजो (बुधवार) पनि उनले ओलीसंग बसेको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेका छन् । उक्त तस्विर फेसवुकमा पोष्टगर्दै उनले लेखेका छन् : “आज बालकोट पुग्दा भावुक र खुशी पनि भएँ । “एउटा बालक देखेको थिएँ ठूलो भएछौ झण्डै चीनजान हराउने स्थिति भएछ । कहिले काहीँ आउँदै गर्नु ।”- क.के पी ओली ।”
माओबादी नेतृत्वको चरम बिचलन र अवसरबादी चरीत्रका कटुआलोक ज्योति किरण बिगत लामो समय देखि राजनितिक बैचारिक आन्दोलनमा रहदै देशभक्तिको आवाजलाई बुलन्द गर्दै आइरहेका व्यक्ति हुन् । जसले गर्दा नेकपा एमालेका केन्द्रिय नेताहरुलेसमेत उनको महत्व ठानेको एक केन्द्रिय सदस्यले शुभयुगलाई बताए । बुधवार साँझ एमालेका अध्यक्ष ओली र ज्योतिकिरण बिच पछिल्लो राजनीतिक स्थितिबारे गम्भीर कुराकानी भएको र एमाले प्रवेशको सम्बन्धमा धेरै सकारात्मक छलफल भएको बुझिएको ति केन्द्रिय सदस्यले बताए ।
उता माओबादी राजनितीबाट लामो समयदेखि असन्तुष्ट रहँदै आएपनि माओबादी केन्द्रलाई नै नैतिक समर्थन गर्दै आएका ज्योति किरण पछिल्लो समय एमाले नेताहरुसंगको भेटघाटलाई तिब्रता दिँदै आएका थिए । उनि एमाले प्रवेश गर्ने हल्ला चलेसंगै निकट श्रोतका अनुसार माओेबादी नेतृत्वको चरम राजनीतिक र सैद्धान्तिक बिचलन र अवसरबादी चरीत्रका कटुआलोचक रहेका उनी पछिल्लो समय एमाले अध्यक्ष ओलीसंग विचार मिल्न गएपछि यस्तो तयारी गरेको हुन् ।
यद्धपी ज्योति किरणले भने यस विषयमा आधिकारीक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
माओवादी जनयुद्ध र जनआन्दोलनमा विशिष्ट राजनीतिक र बैचारिक आन्दोलन र अभियानको नेतृत्व गरेका ज्योती किरण प्रखर वक्ता र बिद्रोही स्वभावका क्रान्तिकारी युवाको रुपमा परिचित र लोकप्रिय छन् भने युवा पिढिहरुमाँझ स्थापित लेखक पनि हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar