• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

११ घण्टा अघि
२

ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

११ घण्टा अघि
३

एमालेको सचिवालय बैठक बस्दै

१४ घण्टा अघि
४

दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

१४ घण्टा अघि
५

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

१४ घण्टा अघि
६

भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

१४ घण्टा अघि
७

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी

१४ घण्टा अघि
८

कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

१४ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१५ घण्टा अघि
१०

गिल भारतीय टेस्ट टोलीका कप्तान

१५ घण्टा अघि
११

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१ दिन अघि
१२

किम्फ चलचित्र महोत्सव जेठमा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ४ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ४ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    एनआरएनएको महाधिवेशन : संसारभरबाट नेपालीहरु काठमाडौं आउँदै, एनसीसीहरु उत्साहित

    प्रकाशित मिति: २०७८ चैत्र ३, बिहिबार (३ साल अघि)
  • ७९६ पाठक संख्या
  • nrna

    काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुने भएपछि संसारभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् ।

    पहिले अनलाइन मतदान हुने भनिएकोमा प्रमुख संरक्षक शेष घलेले प्रत्यक्ष उपस्थितिमा नै निर्वाचन गर्ने गरी महाधिवेशन तोकिदिएपछि प्रतिनिधिहरु काठमाडौं आउन लागेका हुन् । प्रमुख संरक्षक घलेले यही मार्च २२ देखि २५ सम्म काठमाडौंमा हुने गरी संघको दशौं महाधिवेशन तोकेका छन् ।

    महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामा संयोजक तथा अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको तयारी समिति गठन भएको छ। तयारी समितिमा आइसीसीका पदाधिकारी तथा सदस्य र सबै एनसीसीका अध्यक्षहरु सदस्य रहेका छन् । संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ ।

    गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन विवादका कारण हुन सकेको थिएन । महाधिवेशन प्रतिनिधि चयनमा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले विधानविपरीत बलजफ्ती गरेपछि तीन पटक मिति घोषणा गरेपनि निर्वाचन हुन नसकेको हो । ६ महिनासम्म प्रतीक्षा गर्दा पनि पन्त नेतृत्वको वर्तमान कामचलाउ आइसीसी कार्यसमितिले चुनाव गराउन नसकेपछि संस्था जोगाउने उद्देश्यसहित प्रमुख संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन आह्वान गरेका हुन् ।

    घलेले महाधिवेशन आह्वान गरेपछि संघका अधिकांश राष्ट्रिय समन्व परिषद(एनसीसी)हरु उत्साहित भएका छन् । हाल संसारका ६५ देशमा संघका एनसीसी सक्रिय छन् । ती सबै एनसीसीहरुबाट छानिएका महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् । केही देशबाट त काठमाडौं आउन थालिसकेका छन् । घलेले गत शुक्रबार महाधिवेशनको आह्वान गरेपछि सबैभन्दा बढी पन्जीकृत सदस्य भएका एनसीसीहरुले घलेको निर्णयको स्वागत गर्दै महाधिवेशन सफल पार्न सबैमा आग्रह गरेका छन् ।

    बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, मलेसिया लगायतका देशमा रहेका एनसीसीका अध्यक्षहरुले घलेको निर्णयलाई स्वागत गरेका छन् । एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत अक्टोबर २०२१ मै हुनुपर्ने संघको दशौं महाधिवेशन हुन नसकेका कारण उत्पन्न संकट समाधान गरी संघमा नयाँ नेतृत्व चयन गर्न डा. घलेले आह्वान गर्नु भएको महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । ‘ उनले संसारभरका महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह पनि गरेका छन् ।

    न्याय पाएको भन्दै उत्साहित 

    कुमार पन्त नेतृत्वको काम चलाउ आइसीसीका केही पदाधिकारीले विधानविपरीत महाधिवेशन प्रतिनिधि चयन गरेपछि संघमा विवाद झाँगिएको हो । उनीहरुले महाधिवेशनका लागि ३ हजार ६ सय ३४ प्रतिनिधिको सूची तयार पारेका थिए । एनसीसीहरुको निर्वाचनपूर्व नै अघिल्लो कार्य समितिबाट नै ६५ प्रतिशत प्रतिनिधि चयन गर्न लगाएपछि विवाद सुरु भएको हो ।

    नवनिर्वाचित कार्य समितिहरुले भने विधानअनुसार नयाँ कार्यसमितिले मात्रै प्रतिनिधि चयन गर्न पाउनुपर्ने माग राखे पनि नेतृत्वले सुनेन । आफूहरुले पठाएको सूची सदर नभए महाधिवेशनमा सहभागी पनि नहुने सदस्यता शूल्क पनि केन्द्रलाई नबुझाउने उनीहरुको अडान थियो । विधानको पालना भए मात्रै आफूहरुले न्याय पाउने र न्याय पाएपछि मात्रै महाधिवेशनमा सहभागी हुने उनीहरुको सर्त नै थियो ।

    त्यसैले अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाले पटक पटक आफ्नो माग दोहोर्याई रहे । अन्तिमसम्म पनि पन्त नेतृत्वको कार्य समितिले उनीहरुको माग सुनुवा नगरी एकतर्फी र एकपक्षीय रुपमा निर्वाचन गराउने तयारी गरेपछि संस्था नै विभाजनको संघारमा पुगेको थियो ।

    अहिले त हामीले न्याय पाएको अनुभूति गरेका छौं, एनसीसीका एक अध्यक्षले भने, विधानको पालना हुनुपर्ने हाम्रो माग सम्बोधन भएको छ । विवादका कारण संस्था नै विभाजन हुने अवस्था देखिएपछि घलेले विधानको दफा १६.१.४ मा रहेको अधिकार प्रयोग गर्दै एकताको महाधिवेशन आह्वान गरेका छन् ।

    घलेले झण्डै एक महिना लगाएर महाधिवेशनको प्रतिनिधिहरुको नाममा अनुसन्धान गरेका छन् । सचिवालयले तयार पारेको सूचीबाट घलेले झण्डै ९ सय नाम हटाएका छन् । अब करिव २ हजार ६ सय प्रतिनिधिले मात्रै महाधिवेशनमा भाग लिन पाउने छन् ।

  • subhayug
  • एनआरएनए
  • गैर आवासीय नेपाली संघ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो

  • ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा

  • एमालेको सचिवालय बैठक बस्दै

  • दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार


  • समाचार
  • १

    चिया निर्यातमा ४६ प्रतिशतले वृद्धि, अलैँची घट्यो
    ११ घण्टा अघि

  • २

    ग्वार्को आओभरपास निर्माणको अन्तिम चरणमा
    ११ घण्टा अघि

  • ३

    एमालेको सचिवालय बैठक बस्दै
    १४ घण्टा अघि

  • ४

    दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार
    १४ घण्टा अघि

  • ५

    एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू
    १४ घण्टा अघि

  • ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब
    १४ घण्टा अघि

  • ७

    आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी
    १४ घण्टा अघि

  • ८

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण
    १४ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १५ घण्टा अघि

  • १०

    गिल भारतीय टेस्ट टोलीका कप्तान
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution