चितवन – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी प्रचण्ड पुत्री रेणु दाहालले पाएकी छिन् ।
माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी प्रचण्ड पुत्री रेणु दाहाललार्य दिएको हो । त्यस्तै बैठकले संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।
भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पनि पूर्व विद्यार्थी नेता हुन्।
उनी विगतमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी पार्टीको चितवन जिल्ला कार्यालय सदस्य थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar