हेटौंडा – खेलाडीहरुको मनोवल बढाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे खेलकुद प्रतियोगितास्थलमा पुुगेका छन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत आज दुई खेल भैरहेको छ । उक्त प्रतियोगिता अन्र्तगत सुरु भएको खेलमा खेलाडीहरुलाई प्रोत्साहन दिन मुख्यमन्त्री पाण्डे प्रतियोगितास्थलमा पुुगेका हन् ।
क्याम्पा रंगशालामा दिउँसो १ बजेबाट सूरु भएको पहिलो खेलमा धादिङ र काभ्रेपलान्चोक बिच प्रतिस्पर्धा भएको थियो । आफ्नो गृहजिल्लाबाट प्रतियोगितामा संलग्न टोलीलाई प्रोत्साहन गर्नका लागी मुुख्यमन्त्री पाण्डे प्रतियोगितास्थल गएको पाण्डेको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पाण्डे उक्त खेल अवधीभर प्रतियोगितास्थलमै रहेका थिए । पाण्डेसंगै प्रदेश खेलकुद विकास परिषद्को टोलीपनी प्रतियोगितास्थल पुुगेको थियो ।
त्यस्तै दोस्रो खेल अपरान्न ४ बजेबाट मकवानपुर र सिन्धुली बिच सुरु भएको छ। हिजो मंगलबार दुई खेल सम्पन्न भएको थियो । पहिलो खेलमा काठमाण्डौंलाई ६ – ० फराकिलो गोल अन्तरले हराउँदै सिन्धुली विजयी भएको थियो भने दोस्रो खेलमा भक्तपुरले रसुवालाई ६ – ० गोल अन्तरले हराउदैं क्वाटरफाइनल प्रवेश गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar