काठमाण्डौ – एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ ।
बैंकले नेपाली बैंकिग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक भएको पनि जनाएको छ । ग्राहकले बैंकमा भिडियो कल मार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्ने छन ।
बैंकले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिगको अनुभवमा परिवर्तनको शुरुवात गरेको पनि उल्लेख छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिगको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिग गतिविधि संचालन गर्न सक्नेछन । यस प्रकारको सेवाले ग्राहकको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिग सेवा प्रदान गर्ने पनि उल्लेख छ ।
बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिगको सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिग प्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar