काठमाण्डौ – दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आउँदो १४औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत २४ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत ११ देखि २३ गतेसमम सेयर दाखिला खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
यस आधारमा चैत १० गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा भाग लिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar