धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्ने हो भने बागमतीको आफूहरुलाई दिनुपर्ने बताएका छन् ।
सुदूरपश्चिममा हामीलाई नेतृत्व दिनुपर्ने भनेर एकीकृत समाजवादीले दाबी गरेको बताउँदै उनले केन्द्रमा भएको सहमतिअनुसार सुपमा दाबी गर्ने हो भने बागमती छाड्नुपर्ने बताए । धनगढीको गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले सबे चुनावमा गठबन्धन हुने बताए । यद्यपि, पहिलो जोड भने आफ्नो बलमै निर्वाचन लड्ने भन्ने तयारी रहेको उनको भनाइ थियो ।
सहमति र समझदारीअनुसार नै गठबन्धन अगाडि बढेको उनले दाबी गरे । पार्टीभित्र केही असमभलदारी रहे पनि मूल नेतृत्व गठबन्धनकै पक्षमा रहेको उनले बताए । सुपमा पनि हाम्रो प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा अन्य दलबाट आएको बताउँदै उनले यहाँ धेरै संख्या बढाउन सक्ने अवस्था नरहेकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
भएकालाई नै केही कम गरेर नेपाली कांगेसलाई सहभागी गराउने गरी मनत्रीपरिषद् पुनर्गठन गर्नसकिने समेत उनको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar