धादिङ – धादिङ प्रहरीले गुण्डा नाइके अशोककुमार तामाङसहित ६ जनालाई पक्राउ गरेको छ ।
उत्तरी धादिङको भूभागमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके तामाङसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङले खनियाँबास गाउँपालिकामा संचालित सौर्य ज्योति कन्स्ट्रक्सनका मालिक बुद्धि तामाङसँग फिरौती मागेको र फिरौती नदिएपछि उनको स्क्याभेटर, टिफरसहित करोडौंको निर्माण सामग्रीमा आगजनी गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी जागेश्वर भण्डारीका अनुसार आपराधिक गतिविधि गर्दै आएका गुण्डा नाइके तामाङसहित ६ जनालाई पक्राउ गरिएको छ । ‘हामीले ६ जनालाई आपराधिक गतिविधि गरेको अभियोगमा पक्राउ गरेका हौँ,’ भण्डारीले भने । पक्राउ पर्नेमा अशोक कुमार तामाङ, दिपक तामाङ, विर्ख घले, सञ्जय थोकर, सुविस तामाङ र रेमन तामाङ रहेका छन् ।
उक्त समुहले ठेकेदार तामाङसँग ६ लाख रुपैयाँ फिरौती मागेको र उक्त रकम एकैसाथ नदिएको भन्दै स्क्याभेटर, टिफरसहित विभिन्न निर्माण सामग्रीमा आगजानी गरिदिएको थियो । आगजनीबाट करिब एक करोड बराबरको क्षति भएको अनुमान छ ।
शुक्रबार विहान ११ बजेतिर धारिलो हतियार र पेस्तोलसहित आएको उनको समुहले कर्मचारीलाई बन्धक बनाएर आगजानी तथा तोडफोड गरेको थियो । मुचुल्का अनुसार जेसिबी ब्याकलोडर पुर्ण आगजानी गरिदिएका छन् । त्यस्तै इस्कोट्स कम्पनिको अर्को ना १ ख ८२७८ नम्बरको ब्याकलाडेर भने तोडफोड गरिएको छ । अशोकको समुहले प्रदेश ३ – ०१ – ००७ – ०१३६ नम्बरको टिफर, बा ४ ख १६९२ नम्बरको आइचर गाडी समेत तोडफोड गरिदिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar