काठमाण्डौ – कोकाकोला उत्पादक बहुराष्ट्रिय कम्पनि नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचमा अर्बौ लाभकर छली भएको खुलाशा भएको छ ।
कर छलीको अनुसन्धान थालेको १४ महिनापछि राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ७ अर्ब ४३ करोड ६३ लाख भन्दा बढी राजश्व छली भएको दाबी गदै सोही बमोजिम विगो मागदाबी गरेर अदालतमा मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा आज मुद्दा दायर गरेको हो । विभागले ९ जना सचालकसहित ८ जना कर्मचारीमाथि समेत मुद्दा लगाएकाे छ ।
त्यस्तै कम्पनिमा कार्यरत ८ जना उच्च तहका कर्मचारीलाई कैद सजाय समेत माग भएको छ । जसमा म्यानेजिङ डिरेक्टर प्रदिप पाण्डे र अन्य विभिन्न पद र अहोदामा रहेका पुनित चन्दपाल, राजिभ टन्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, त्रिलोचन उप्रेति र सञ्जिव कुमार मिश्र रहेका छन् ।
यसअघि उच्च अदालत पाटनले तीन पुस्ते नखुलेको भन्दै अभियोग पत्र दर्ता गर्न अस्विकार गर्दै आएको थियो । विभागले कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते छापा मारेको थियो ।
कोकाकोलाले गरेको करछली प्रकरणबारे नेपाली संचार माध्यममा पहिलो पटक पत्रकार गजेन्द्र बुढाथोकीले आफू कार्यरत संचार माध्यम लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागिजिन मार्फत खुलाशा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar