तनहुँ – जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ ।
मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले किशोरीको उजुरीबारे अनुसन्धानका लागि शाहलाई गैंडाकोट पुर्याइएको जानकारी दिए ।
शाहविरुद्ध गत फागुन १६ गते थी किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar