काठमाण्डौ – सुनको मूल्य बढेर प्रतितोला १ लाख ३ हजार पुगेको छ ।
आज सोमबार छापावाल सुनको मूल्य ११०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ११०० रुपैयाँले बढेर १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ ।
सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आइतबार १४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४२५ रुपैयाँ प्रतितोला पुगेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar