काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, सरकारले प्रतिनिधीसभा भंगगर्ने तयारी गरेको खुलाशा गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग कुरागर्दै अध्यक्ष नेपालले प्रतिनिधीसभा संसद् भंग गर्ने तयारी गरेको खुलाशा गरेका हुन् । उनले प्रतिनिधीसभा संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेबारे छलफल भएकोसमेत बताएका छन् ।
‘संसद्मा केपी ओलीलाई कति सहने । एमालेले हाउस चल्न पनि नदिने भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने । त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar