काठमाण्डौ – नेकपा एमाले नेता डा. भीमबहादुर रावलले भारतीय हस्तक्षेपको ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको प्रचार गरेको आरोप लगाएका छन् ।
विहिबार, नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर कु प्रचार गरेको बताएका हुन् ।
रावलले चीनले सीमा मिचेको हो भने किन वार्ता नगरेको भनेर प्रश्नसमेत गरेका छन् । रावलले चीनसँग वार्ता गर्न डराएको हो भने आफूलाई प्रतिनिधिका रुपमा पठाउन चुनौतीसमेत दिएका छन् । कर्णालीमा कांग्रेसका मुख्यमन्त्रीले चीनले सीमा मिचेको भनेका छन् । यदि चीनले सीमा मिचेको हो भने कांग्रेसकै मुख्यमन्त्री छन् । कांग्रेसकै परराष्ट्रमन्त्री छन् सभापति देउवाजी आफैं प्रधानमन्त्री छन् । चीनसँग वार्ता कसले रोक्यो रु नेपाली जनतालाई जवाफ चाहिन्छ,’ उनले प्रश्नसमेत गरे ।
रावलले थपे, ‘चीनसँग वार्ता गर्न डर लाग्छ भने सरकारले निर्णय गरेर मलाई विशेष प्रतिनिधि बनाएर पठाउनुस् । म गएर कुरा गर्छु । चिनियाँ प्रधानमन्त्रीसँग नेपाली जनताको तर्फबाट वार्ता गर्छु ।’तर वार्ता नगर्ने र सीमा मिच्यो भनेर प्रचारमात्रै गरिरहने हो भने यो भारतीय हस्तक्षेप ढाकछोप गर्ने षडयन्त्र हुने उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar