मकवानपुर – बागमती प्रदेश सरकारले ऐन संशोधनको तयारी गरेको छ ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले, तत्कालिन मुख्यमन्त्री पौडेलले पेश गरेका ९ वटा ऐन संशोधनका विद्येयक ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक २०७८’ सहित अन्य केही विद्येयक संशोधनको तयारी गरेको हो ।
पाण्डे नेतृत्वको सरकारले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (पहिलो संशोधन) विधेयक २०७८ र प्रदेश विपद् व्यवस्थापन (पहिलो संशोधन) विधेयक २०७८ संशोधन गर्न तयारी गरेको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकार अन्तर्गतको प्रेस रजिस्ट्रार कार्यालयको राजनीतिक नियुक्ति, आर्थिक तथा प्रशासनिक क्षेत्राधिकारमा हेरफेर गर्नका लागि ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन (पहिलो संशोधन) विधेयक २०७८’ मार्फत् संशोधनको तयारी गरिएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार उक्त विधेयकमा प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४, कर तथा गैरकर, राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५, प्रदेश सवारी तथा यातायात ऐन २०७५ पनि संशोधनको तयारी प्रदेश सरकारले गरेको छ । यस्तै प्रदेश सहकारी ऐन २०७५, प्रदेश राष्ट्रिय वन ऐन २०७५, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रदेश वातावरण ऐन २०७७ लाई एकैपटक संशोधन गर्न लागि संसद्मा दर्ता गरिएको छ ।
संघीय सरकारका ऐनसँग बाझिएकाले ऐनहरू संशोधनको तयारी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar