काठमाण्डौ – सत्तारुढ पाँच दलिए गठबन्धनको बैठक सम्पन्न भएको छ ।
आज बिहान आफ्नो कामको समीक्षा गर्न बसेको सत्ता गठबन्धनको बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनसम्म गठबन्धनलार्य कायम रमख्ने निर्णय गरेको हो ।
बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समेत समीक्षा गरेको छ ।
बैठकपछि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म गरेका कामलाई उपलब्धि मानेको बताए ।
त्यस्तै सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने समेत बैठकले निर्णय गरेको उनले बताए । ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar