काठमाण्डौ – एमसिसि अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द विभाजनको डिलमा पुगेको छ ।
संसदबाट एमसीसी अनुमोदनमा माओवादी केन्द्र पनि सहभागी भएपछि चर्को असन्तुष्टी व्यक्त गर्दै आएका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्ततः पार्टी नै छाड्ने योजना बनाएको खुलाशा भएको छ । बरिष्ठ नेता श्रेष्ठ एमसिसिकै बिषयलाई लिएर अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन् । यस क्रममा उनले पूर्वएकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड उनलाई रोक्ने प्रयासमा छन् ।
सोहि विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि छलफल निष्कर्षविहीन भएको स्रोतले बतायो । एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।
नारायणकाजीले पूर्वएकताकेन्द्र पक्षधरलाई समेटेर माओवादी केन्द्रनै छाड्ने तयारी गरेपछि अहिले प्रचण्डलार्य तनाव श्रृजना भएको छ । उता नारायणकाजीको यस्तो तयारीबारे सुँईको पाएपछी प्रचण्ड अहिले उनलाई रोक्ने प्रयासमा छन् ।
बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच नारायणकाजीको तयारीबारे छलफल भएको थियो। उता पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।
त्यसलगत्तै आज बिहीबार बिहान नारायणकाजीले पनि अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन् । एक नेताका अनुसार पूर्वएकता केन्द्र पक्षधर नेताहरू शुक्रबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुने र नहुने निर्णय गर्न आज पनि दिनभर छलफलमा जुट्ने भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar