काठमाण्डौ – कानुन अनुसार सरकारी जग्गा धितो राखी ऋण लिन वा दिन पाँईदैन । तर बैंक अफ काठमाण्डु लि.ले भने भारतीय लगानीद्वारा संचालित बृहस्पति विद्या सदनलाई सरकारी जग्गा धितो राख्दासमेत ३१ करोड रुपैंया ऋण दिएको खुलाशा भएको छ ।
नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडादरमा हत्याएको बृहस्तपति विद्या सदनले बैंकबाट ३१ करोड रुपैयाँ ऋण लिएको पाइएको हो ।
कानुन अनुसार सरकारी जग्गा धितो राखेर ऋण लिन नमिल्ने भएपनि बैंकले उक्त जग्गा धितो राखेर ३१ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकमा बृहस्पति विद्या सदनले उक्त जग्गा ‘लियन’ अर्थात जुन धितो बापतको जग्गा राखेपछि रकम चुक्ता नगरेसम्म स्वामित्व ग्रहण गर्न सक्ने गरि कर्जा लिएको हो ।
तत्कालिन बाल संगठनका अध्यक्ष रीतासिंह बैद्य, लगायत पदाधिकारीले बृहस्पतिलाई सम्झौता गरि जग्गा दिएकी थिइन् । वार्षिक जम्मा ९० लाख रुपैयाँ भाडामा दिइएको उक्त जग्गामा बृहस्पतिले अवैध संरचना समेत निर्माण गरिरहेको छ ।
सरकारी जग्गा कानुन विपरित धितो राखेर कर्जा लिएको विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान थालेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar