काठमाण्डौ – नेकपा एमालेका नेता डा.भीम रावलले संसदमा एमसीसी विरुद्ध बोल्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि पोखेको भन्दै आक्रोशित् भएका छन् ।
नेता रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टी अध्यक्ष ओलीप्रति शंकेत गर्दै असन्तुष्टि पोखेका हुन् । रावलले ट्वीटरमार्फत आफुले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै हिरो हुन नखोजेको बताएका छन् ।
उनले भनेका छन् ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’
रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै भनेका छन् ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar