काठमाण्डौ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बालकोटलाई सर्वोच्च अदालत बनाउन खोजेपछी महाअभियोग लगाइएको खुलासा गरेका छन् ।
उनले प्रधानन्यायाधीशको नामै नलिई बालकोटको षड्यन्त्रअनुसार, फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताएका हुन् । उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए ।
‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो’, मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के – के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्यो । सूचना हामीकहाँ पठाउने पठाउने छन् कि ।’
उनले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे । उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए । फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो । सो महाभियोगसम्बन्धी विषय अहिले संसद्मा विचाराधीन अवस्थामा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar