काठमाण्डौ – संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ जस्तो देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
सोमबार दिँउसो नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो ।
सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ । एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।
शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar