खारकिभ – रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । युक्रेनको राजधानी किभ र खारकिभ सहरसहित अलग अलग क्षेत्रमा विष्फोट भएका छन् । विष्फोटको यो सिलसिला त्यतिबेला सुरु भएको थियो जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाहीको घोषणा गरे ।
यसैबीच युक्रेनकी एक महिलाले रुसी सैनिकले उनलाई टिन्डरमा फ्लर्टी म्यासेज पठाइरहेको दावी गरेकी छिन् । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट २० माइल दूरीमा छ । युक्रेन र रुसबीच युद्धको अवस्था छ । यही बीचमा युक्रेनकी यी महिलाले स्क्रिनसट शेयर गर्दै रुसी सैनिकले आफूलाई सामाजिक संजालमा फ्लर्ट गर्ने उद्देश्यले म्यासेज पठाइरहेको दावी गरेकी छिन् । कैयौं सैनिकहरुले आफ्नो पदको जानकारी पनि तस्वीरका साथ महिलाहरुलाई पठाएका छन् ।
द सनको रिपोर्टअनुसार आन्द्रेइ, अलेक्जेण्डर, ग्रेगरी र माइकलसहित दर्जनौं रुसी सैनिकहरुले युक्रेनका महिलाहरुलाई आकर्षित गर्नको लागि आफ्नो प्रोफाइल डेटिङ एपमा बनाएका छन् । दाशा सिनेल्निकोभा नामकी एक महिलाले विगत केही दिनदेखि टिण्डरमा कैयौं रुसी सैनिकले आफूलाई म्यासेज र रिक्वेस्ट पठाइरहेको बताइन् । ३३ वर्षकी दाशाले द सनसँग भनिन् ‘म युक्रेनको किभमा बस्छु ।
एक जना साथीले मलाई टिण्डरमा धेरै रुसी सैनिक आएको बताएपछि मैले आफ्नो लोकेसन सेटिङ खारकिभमा बदलिदिएँ । त्यहाँ पनि मलाई रुसी सैनिकको म्यासेज आउन थाले ।’
दाशाले ३१ वर्षका कथित रुसी सैनिक आन्द्रेइसँग म्यासेजमा कुरा पनि गरिन् । उनले आन्द्रेइसँग किमी कहाँ छौं ? के तिमी खारकिभमा छौं ? भनेर सोधिन् । जवाफमा आन्द्रेइले आफू खारकिभमा नभएको तर ८० किलोमिटर दूरीमा भएको बताए । दाशाले आफूसँग भेट्ने कुनै योजना छ ? भनेर सोध्दा आन्द्रेइले खुसीसाथ आउने बताए ।
टिण्डरमा आउने म्यासेजलाई युक्रेनी महिलाहरुले रुसी सैनिकको म्यासेज बताएका छन् । कैयौं प्रोफाइलमा रुसी सेनाको युनिफर्म लगाएका मानिसहरु छन् । महिलाहरुले यसको स्क्रिनशट पनि शेयर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar