काठमाण्डौ – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कारण सत्तागठबन्धन धरापमा परेपछी नेकपा (माओवादी केन्द्र) का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरु अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफलमा केन्द्रित भएको हो । बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रीत रहेको एक नेताले बताए ।
उनका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुनेछ ।
छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ – आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो । ‘ प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, उनले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’
सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar