काठमाण्डौ – एमसीसी अनुमोदनमा गठबन्धनभित्र सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष एमालेसंगको छलफललाई प्राथमिकता दिएका छन् ।
पछिल्ला केहिदिनएता एमसीसी विवादले सत्ता गठबन्धन धरापमा परेपछि प्रमुख पार्टीका शीर्ष नेताहरुको दौडधुप बढिरहेका बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच आज एकैदिन दुईपटक भेटबार्ता भएको हो ।
दुवै पार्टीका शीर्ष नेतासहित देउवा र ओलीबीच दिउँसो झन्डै अढाई घण्टा छुट्टाछुट्टैसमेत छलफल भएको थियो । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासामु तिन शर्त राखेको बताईएको छ ।
ओलीले प्रधानन्यायधिस चोलेन्द्रसम्शेर जवरामाथी लगाईएको महाअभियोग फिर्ता लिनुपर्ने, सभामुखलाई महाभियोग लगाएर हटाउने र संसद खुलाएर एमसीसी पारित गराउन देउवासामु प्रस्ताव अघी सारेका छन् । उक्त विषयमा ओली र देउवावीच समझदारी जुटेको बताइएको छ ।
उता ओली र देउवावीच समझदारी जुटेसंगै अध्यक्ष ओलीले भैरहवामा रहेका एमाले महासचिव शंकर पोखरेललाईसमेत काठमाण्डौ डाकेका छन् । उता काँग्रेस नेताहरु पनि प्रस्तावमाथी छलफल गर्न आन्तरिक तयारीमा जुटेको बताईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar