काठमाण्डौ – सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी) पार्टीले एमसिसिको सवालमा द्धौध चरित्र देखाएको छ ।
विगत लामो समयदेखी एमसिसिलाई संसदमा टेवल हुनै नदिने अडान लिँदै आएको उक्त पार्टीले केहिदिन अघीदेखी द्धौध चरित्र देखाउँदै आएको हो । अघिल्लो पटकको प्रतिनिधीसभा बैठकमा सत्तागठबन्धनकै अर्को ठुलो दल नेकपा माओवादी केन्द्रसंग सहकार्य गरी टेवल गर्नबाट जोगाएको समाजवादी पार्टीले गत फागुन ८ गतेको संसद बैठकमा भने एमसिसिलाई टेवल गर्न सघाएको हो ।
एमसिसि पास गर्ने समाजवादीको तयारी : सचिवालय बैठक स्थगित , झलनाथलाई फकाँउदै माधव नेपाल
उता पार्टी स्थायी कमिटी बैठबाटै निर्णय गरी समाजवादी पार्टीले एमसिसिलाई टेवल गर्न सघाएको थियो । तर स्थायी कमिटीको बैठक लगत्तैदेखी पार्टीभित्रै लफडा सुरुभएपछी अहिले उक्त पार्टीले फेरी एमसिसिको विपक्षमा मतदान गर्ने बताएको छ ।
सोमबार बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने ।
उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए । ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, खतिवडाको भनाइ थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar