काठमाण्डौ – नेकपा (एकिकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पास गर्ने तयारी गरेको छ ।
एमसिसिको सवालमा पार्टीभित्रै दुईधार देखिएपछी नेकपा (एकीकृत समाजवादी)ले आजको सचिवालय बैठक स्थगित गरेको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।
शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको थियो । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालसंग छलफल गरीरहेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिने पार्टीको निर्णय नै नभएको समेत प्रतिक्रिया दिएका थिए ।
तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar