काठमाण्डौ – आइतबार, अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लियो । आफ्ना पार्टीको निर्णप्रतिनै कठोर बनेका सत्तापक्षका कार्यकर्ताहरु झनै आक्रोशित् बनेका थिए ।
सधाँझै प्रहरीले पनि नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोकेको थियो । उता आफ्नै पार्टीका नेताहरुसंगसमेत आक्रोशित् बनेका प्रदर्शनकारीहरुले पनि प्रहरीले राखेको बार भत्काएर संसद भवनतर्फ अघि बढेका थिए । त्यसक्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरको गोली हान्यो भने प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा र इँट्टा हानेको थियो ।
प्रदर्शनकारीहरुले बानेश्वरको सडक भरिँदै गर्दा दुई किनारमा भएका अधिकांश सटरहरु धमाधम बन्द भए । प्रदर्शनकारीहरुले चर्को स्वरुमा एमसीसी मुर्दावादको नारा लगायर निषेधित क्षेत्र तोड्न थालेपछी प्रहरी झन् आक्रोशित् बनेको थियो । उता प्रदर्शनकारी संसद भवन, बानेश्वरतर्फ अघि नबढुन भनेर एभरेष्ट होटल अगाडि नै प्रहरीले राखेको तारजाली प्रदर्शनकारी र प्रहरीवीच तानातान भएको थियो । सोहि क्रममा आन्दोलनकारीले केही थान तारजाली खोसेर बिजुलीबजार पुर्याएका थिए । प्रहरीको नियन्त्रणमा रहेको तारजाली खोस्न सफल भएपछी प्रदर्शनकारी झन् हौसिए, सुरक्षाकर्मीहरुमाथि पानीका बोतल, ढुङ्गामुढा प्रहार गर्न थाले । सुरुमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठनले ‘एमसीसी स्वाहा’ भन्दै सडकमै होम गर्यो । यो समूहको विरोध कार्यक्रम सकिँदा नसकिँदै माओवादी केन्द्रसम्वद्ध भ्रातृ संगठनका कार्यकर्ता सडकमा आइसकेका थिए । समूह समूहमा बाँडिएका माओवादी केन्द्रसम्वद्ध प्रदर्शनकारी कतै देउडा खेल्न थाले, कतै जनवादी गीतमा नाचे । केही प्रदर्शनकारी भने निरन्तर प्रहरीसँग भिडिरह्यो ।
नजिकैको संसद भवनमा भने एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि नेताहरुले बोलेर विरोध गरे । त्यसपछि अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्दा सत्तारुढ माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे, केही मौन बसे । संसदमा एमसीसी टेबल भइरहँदा सडकमा भने प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरहेको थियो । प्रदर्शनकारीले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो । उता प्रदर्शनकारीहरुले पनी प्रहरीमाथि ढुंगामुढा गरिरहे । निकैबेरको घम्साघम्सीपछि निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी र पानीको फोहोरा हानीरह्यो ।
प्रहरीको दुई वटा वाटर प्यानन ट्रकले नभ्याएपछि सशस्त्र प्रहरीको पनी वाटर प्यानन आयो । तीनवटा वाटर प्याननको मद्दतमा प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई तिरत बितर बनाउन खोज्यो । तर एमसीसीको विरोधमा जम्मा भएको भीड झन् उग्र बन्यो । भीड नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दर्जनौं अश्रुग्यास हान्यो । तर पनि प्रदर्शनकारी भने रोकिएनन् । उनीहरु प्रहरीले हानेको अश्रुग्यासको जोखिम मोलेर उल्टै उनीहरुतर्फ फालिदिन थाले । उनीहरुले प्रहरीलाई दुबैतिर बाट च्यापेर बानेश्वर चौकमै सीमित बनाएका थिए । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच दिनभर ढुङ्गा हानाहान भयो । उनीहरुले एकअर्कालाई हानेको ढुंगा सडकमा मात्र थिएन, आसपासको घरहरुसम्म नै पुगेको थियो । जसले गर्दा दिनभर बानेश्वर क्षेत्र रणभूमि जस्तै बन्यो । आफ्नो थप मद्दत आएपछि भने सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई अश्रुग्यास र लाठी हानेर केहीबेर तितरबितर बनायो । त्यही बेला संसद भवनमा रहेका सांसदहरु आफ्नो घर – कोठातिर लागेका थिए ।
प्रदर्शनकारी आक्रोशित् बनेपछी क्रुर बनेको प्रहरीले बानेश्वर क्षेत्र नै कब्जा गरेको थियो । प्रहरीले सडकमा हिड्ने हरेक सर्वसाधारणहरुमाथीसमेत अपशव्द बोल्दै लात्ती र भाटा प्रहार गरिरह्यो । हात जोड्दै म आन्दोलनकारी होईन भन्ने सर्वसाधारणहरुमाथीसमेत प्रहरीले निर्मम प्रहार गरिरहेको थियो । सोहि क्रममा कतिपय पत्रकार र मानवअधिकार कर्मीहरुमाथीसमेत प्रहरी जाईलागेको थियो । उता प्रहरीको व्यबहारप्रती प्रदर्शनकारी झन् आक्रोशित् भएका थिए । सोहि क्रममा प्रहरीले रवर गोली नै प्रहार गर्न थाल्यो । तरपनि प्रदर्शन भने साम्य भएन । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले बानेश्वरबाट लखेटेर बिजुलीबजारसम्म पुर्यायो । तर प्रदर्शनकारीले सडक छाडेनन् । उल्टै प्रहरीतर्फ ढंगामुढा गरे । त्यसक्रममा प्रहरीले पुनः पटक पटक रबरको गोली चलाएको थियो ।
प्रहरीले फुटफातमा रहेका र हिँडिरहेका सर्वसाधारणलाई देख्नेबित्तिकै लाठी हानेर लखेटेको थियो । गल्ली गल्लीमा लुकेर रहेका प्रदर्शनकारीमाथिसमेत प्रहरीका लाठी हानेको थियो । उता प्रदर्शनकारीले पनि लुकेर प्रहरीलाई ढुंगा हानेका थिए ।आन्दोलकारीमाथी निर्मम दमन गरेको प्रहरीले साँझ ५ बजेतिर प्रदर्शनकारी घट्दै गएपछि भने तनाव मत्थर भएको भन्दै सम्यमता अपनायपछी सडक खुलेको थियो। यद्धपी सर्वसाधारणहरु भने सडकको चोकचोकमा बसेको प्रहरीलाई देखेर डराईरहेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar