काठमाण्डौ – नबिल बैंकको खाता ई-सेवामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाउने भएको छ ।
नबिल बैंकमा खाता रहेका प्रयोगकर्ताले आफ्नो ई-सेवा वालेटमा आफ्नो खाता लिङ्क गर्दा यस्तो बोनस पाइने भएको हो । तर यस अघि नै लिङ्क गरिसकेका प्रयोगकर्ताले भने यस्तो सुविधा पाउने छैनन् ।
यो अफर आगामी मार्च ३ तारिखसम्म जारी रहनेछ । खाता लिङ्क गर्दा बोनस रकम २४ घण्टाभित्रै उपलब्ध गराइने कम्पनीले जनाएको छ । यद्यपि बोनस रकममा २५ प्रतिशत कर समेत कटौती हुने बताइएको छ ।
ई-सेवामा छिटो र सजिलो रुपमा रकम लोड गर्न सकिने गरी यस अघि देखि नै विभिन्न बैंक खाता लिङ्क गर्न सकिने सुविधा उपलब्ध छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar