काठमाण्डौ – सरकारले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराई बर्खास्त गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले सीईओ भट्टराईको नियुक्ति प्रक्रिया नै नमिलेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतबाट कैद ठहर हुने सजाय पाएका व्यक्ति भएकाले नियुक्ती खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको श्रोतले बताएको छ । खुला प्रतिस्पर्धामा बढी नम्बर ल्याएका पंकजकुमार दासलाई नियुक्ती नगरी तत्कालीन ओली सरकारले कम नम्बर पाएका भट्टराईलाई नियुक्ति गरेको थियो ।
सरकारले साविकको टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई मिलाएर २०७५ साउन १८ मा निगम बनाएको थियो । सीईओको पदावधि ४ वर्षको हुने निगमको नियमावलीमा व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar