सिन्धुपाल्चोक – नेकपा एमालेबाट निर्वाचित् बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरेका छन् ।
आज, बुधबार जिल्ला सदरमुकाम चौतारामा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए । उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन्। उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आंकलन गरिएको छ ।
यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए । तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने भने खुलाएका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar