काठमाण्डौ – नेकपा एमालेका नेता डा.भिमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिश्वास गर्न नसकेर खाली कागजमा हस्ताक्षर नगरेको प्रतिक्रिया दिएका छन् ।
सोमबार, नेकपा एमाले संसदीय दलले आयोजना गरेको दलको बैठकमा हस्ताक्षर संकलन गर्दा डा. रावलले, पार्टी अध्यक्ष ओलीले आफ्नो हस्ताक्षरलाई गलत प्रयोजनमा प्रयोग गर्न सक्ने भन्दै खाली कागजमा हस्ताक्षर नगरेको बताएका हुन् । ‘बैठकमा छलफल भएको विषयमा र निर्णयमा मात्र हस्ताक्षर गरौं, खाली कागजमा गर्न सकिंदैन, गर्ने कुरा पनी हुँदैन, त्योपनि ओलीजीको बिश्वास गर्ने ठाँउ छैन ।’ उनले भने । ‘ओलीले यसअघी पनि पार्टीको बैठकमा त्यस्तै खाले प्रताव ल्याउने गरेको भन्दै मैले हस्ताक्षर गर्न अस्विकार गरें । मैले अस्विकार गरेपछी अरु कमरेडहरुले पनि अस्विकार गर्नुभयो ।’ रावलले थपे ।
त्यस्तै रावलले बैठकमा उपस्थितिको माइन्युटमा पनि हस्ताक्षर गर्दै छेउमा ‘बैठक प्रयोजनका लागि’ भनेर लेखेको बताएका छन् । एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
उनिहरुले कुनै खास विषय उल्लेख नगरी हस्ताक्षर गर्न नसकिने अडान राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar