काठमाण्डौ – नेकपा एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर शंकलन गर्न थालिएपछी अध्यक्ष ओलीको अनबिश्वास गर्दै भीम रावल, घनश्याम भुसालसहित पाँच जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । सांसदहरु रावल, भुसालसहित दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन् ।
उपस्थितिमा हस्ताक्षर गरेको तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar