संखुवासभा – संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ ।
मकालु गाउँपालिका ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रो पावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका जनप्रतिनिधी पुरन याम्फुले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रोको निर्माण सामाग्री बोकेको तीन वटा लोवेट ट्रक पुल भाँचीए पछि अरुण नदीमा खसेको जनप्रतिनिधी याम्फुले बताए ।
बेलिब्रिज भाँचिएपछि अहिले आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको याम्फुको अनुमान छ । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।
पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अलपत्र भएको उनको भनाइ छ । यद्धपी ट्रकका चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar