काठमाण्डौ – सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।
शुक्रबार बसेको, प्राधिकरण सञ्चालक समितिको बैठकले ०७७ वैशाख बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिने निर्णय गरेको हो । बजगाईंलाई सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बजगाईंलाई स्पष्टीकरण पेस गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे । त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टीकरण माग गरिएको थियो ।
उनले लामो समयसम्म जवाफ पेस नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar