काठमाण्डौ – बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ ।
लघुवित्तले ९७ लाख रुपैयाँबराबरको ९७ हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो । लघुवित्तले आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । काठमाडौंको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको छ।
सम्झौतापत्रमा संस्थाका निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेस्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरेका छन् । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar