काठमाण्डौ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनवीच आज टेलिफोन वार्ता हुने भएको छ ।
युक्रेन मामिलामा आमने – सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्ने तयारी गरेका हुन् । रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति बाइडेनले फोन वार्ता गर्ने योजना बनाएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी मिडियाले समाचार प्रकाशित् गरेको छ ।
क्रेमलिन प्रवत्ता पेस्कोभले अमेरिकी पक्षको लिखित अनुरोधमा टेलिफोन वार्ता गर्न लागिएको बताएका छन् । यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको विषयमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम भएको जनाइएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar