काठमाण्डौ – नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुखहरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सुचना प्रकाशित् गरी चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ ।
हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar