काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।
बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar