• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

१४ घण्टा अघि
२

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक

१६ घण्टा अघि
३

‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

१६ घण्टा अघि
४

राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने

१७ घण्टा अघि
५

झन् चर्किंदै इजरायल–इरान युद्ध

१७ घण्टा अघि
६

रू १० का नयाँ नोट आजदेखि प्रचलनमा

१७ घण्टा अघि
७

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२१ घण्टा अघि
८

नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति

१ दिन अघि
९

नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू

१ दिन अघि
१०

इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

१ दिन अघि
११

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै

१ दिन अघि
१२

संसदको अवरोध हटाउन राप्रपा र रास्वपासँग सभामुख घिमिरेको छुट्टा–छुट्टै छलफल

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ महिना अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १६ घण्टा अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • prev
    next

    उपेन्द्र यादव र बाबुराम भट्टराईबीच द्वन्द्व : फुटको संघारमा जसपा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ माघ २६, बुधबार (३ साल अघि)
  • ८८२ पाठक संख्या
  • upendra yadav and baburam

    काठमाण्डौ – अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।

    यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पुर्‍याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।

    जसपामा दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झन् ैचिढिएको भएको हो । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षको दाबी छ । यादवले पार्टी निर्णयबिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।

    जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादवको कार्यशैली ‘तानाशाही प्रवृत्ति’ को भएकाले मान्य नहुने बताए । उनले पार्टीभित्र सामूहिक नेतृत्वको मुद्दा उठेको जानकारी दिए । ‘पार्टीमा तीन अध्यक्ष व्यवस्था गर्नुपर्ने र त्यसमा क्लस्टरअनुसार आदिवासी,

    खस आर्य र मधेसीलाई समेट्नुपर्ने माग छ,’ उनले भने । यादव पक्षले भने तीन ‘क्लस्टर’ भित्रै धेरै क्लस्टर भएकाले तीन अध्यक्ष रहने प्रणालीमा जान नहुने तर्क गरेको छ । ‘सामूहिक नेतृत्व प्रणाली असफल भइसक्यो,’ यादव पक्षका एक नेताले भने । नेता राईले पार्टीको विधानमै एउटा संघीय परिषद् अध्यक्ष र दुईवटा कार्यकारी अध्यक्ष पद रहेकाले तिनलाई कायम गर्नुपर्ने बताए । ‘यसमा खासगरी उपेन्द्र यादवले चासो देखाउनु भएन,’ उनले भने, ‘अन्तिमसम्म प्रयास गर्छौं । सकेसम्म मिलाउने नै हो ।’

    यादव पक्षधर नेता रामसहायप्रसाद यादवले आवश्यकताअनुसार बैठक बस्ने उल्लेख गर्दै अहिले जरुरी नभएर केन्द्रीय समिति बैठक नबोलाइएको बताए । ‘पार्टीमा कुनै पनि किसिमको विवाद र मनमुटाव छैन,’ उनले भने, ‘कसैले बैठक बस्ने पनि भनेका छैनन्, अध्यक्षज्यूले कसरी बैठक राख्ने ?’

    यादव नेतृत्वको संघीय समाजवादी पार्टी र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भएर जसपा बनेको हो । जसपाबाट पाँच महिनाअघि महन्थ ठाकुर नेतृत्वको समूह अलग भइसकेको छ । कान्तिपुर दैनिकबाट ।

  • subhayug
  • अध्यक्ष
  • उपेन्द्र यादव
  • जनता समाजवादी पार्टी
  • जसपा
  • बाबुराम भट्टराई
  • संघीय परिषद्
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

  • गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक

  • ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

  • राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने


  • समाचार
  • १

    बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला
    १४ घण्टा अघि

  • २

    गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा आक्रोशित, सभामुखले रोकेनन् बैठक
    १६ घण्टा अघि

  • ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका
    १६ घण्टा अघि

  • ४

    राप्रपाले संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने
    १७ घण्टा अघि

  • ५

    झन् चर्किंदै इजरायल–इरान युद्ध
    १७ घण्टा अघि

  • ६

    रू १० का नयाँ नोट आजदेखि प्रचलनमा
    १७ घण्टा अघि

  • ७

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    २१ घण्टा अघि

  • ८

    नाराबाजीकैबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि एकीकृत समाजवादीको नियमापत्ति
    १ दिन अघि

  • ९

    नाराबाजीका बीच प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू
    १ दिन अघि

  • १०

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    २

    इरानले आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको जवाफी कारवाही भोग्नुपर्ने ट्रम्पको धम्की

    subhayug
    ३

    इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

    subhayug
    ४

    केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित ७ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution