बारा – अध्यक्ष किशोरी साह, उपाध्यक्ष रामजी यादव, सचिव उमेश ठाकुर, कोषाध्यक्ष चन्दन पटेल, शिवजी यादव, लिलावती देवी लोहार, लिलावती केशरी, सोना देवी, नेमी राउत कुर्मी लगायत ३७ सदसीय कमिटिको सहभागितामा बाराको कलैया उपमहानगरपालिका स्थित सिसहनियामा रहेको सुक्लैया पोखरीमा ३८ दिने अष्टयाम भव्यता पुर्वक सम्पन्न भएको छ l सम्पूर्ण नगरवासीको सुखी सम्पन्न जीवनको लागि र पुरै देशमा शान्ति छाओस भनि यो अष्टयामको आयोजना गरेको आयोजकले जनाएको छ l यति बढी दिनको अष्टयाम नेपालमा पहिलो चोटी भएको हो l
३८ दिने अष्टयामको कुल लागत भने १५ देखि २० लाख रहेको तथा अष्टयाममा लाग्ने तेल खर्च वापत कलैया उपमहानगरपालिकाले पन्ध्र हजार सहयोग गरेको उमेश ठाकुरले जनाए l
कलैया उपमहानगरपालिका स्थित बिभिन्न गाउँहरु जस्तै बरेवा, सिसहनिया, देबीगंज, ढोरिया, पतौरा, पंचायनपुर बाट चन्दा संकलन गरि अष्टयामको पुरै खर्च उठाएको र घटेको समयमा बाकि खर्च समितिका अध्यक्ष किशोरी साहले गरेको उमेश ठाकुरले बताए l सो अष्टयाममा १२ वटा मण्डली खटेको समेत आयोजकले जानकारी दिएका छन l अष्टयामको चौकामा भने रमेश तिवारी बसेको आयोजकले जनाए l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar