सोलुखुम्बु – सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादनमा तीन मेट्रिकटनले वृद्धि भएको छ ।
गतवर्ष ४२ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यसवर्ष ४५ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखु्रम्बुले जनाएको छ । जिल्लामा १२ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राईले बताए । उनले भने, ‘१२ हेक्टर क्षेत्रफलमध्ये सात हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिँदै छ, अघिल्लो वर्ष त छ हेक्टरमा लगाइएको बिरुवाले मात्रै उत्पादन दिएको थियो, त्यही भएर पनि उत्पादन कम भयो यस वर्ष उत्पादन हुने बिरुवाको संख्या बढेको छ ।’ पछिल्लो समय गाउँघरमा कृषिमा लागेका युवापुस्ताहरूले अन्य खेतीभन्दा पनि सुन्तला, किबीलगायतका बिरुवाहरू लगाउनमा बढी केन्द्रित हुन थालेको माप्यपदुधकोशी गाउँपालिका काँकुकी पवित्रा थुलुङले बताइन् ।
उनले भनिन्, ‘फलफूल खेतीबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएकाले कृषकहरू लागिपरेका हुन्, पहिला परम्परागत हिसाबले खेती हुन्थ्यो त्यो बेला खासै धेरै उत्पादन हुँदैन थियो त्यही भएर मान्छेहरूले खेती नै गर्न छोड्दै गएका थिए, तर पछिल्लो समय आधुनिक तवरबाट खेती गर्न थालेपछि उत्पादन बढ्यो र आम्दानी पनि बढेसँगै गाउँमा सुन्तला खेती विस्तिार गर्नेको लहर नै चलेको छ ।’
जिल्लाको थुलुङ दुधकोशी, नेचासल्यान, माप्यदुधकोशी, सोताङ, महाकुलुङलगायतका क्षेत्रमा सुन्तलाखेती हुनेगरेको छ । यहाँको सुन्तला स्वादिलो र रसिलो हुने भएकाले कोसेलीको रूपमा प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौँलगायतका क्षेत्रमा निर्यात हुनेगरेको ज्ञान केन्द्रले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar