धादिङ – हिमपात प्रभावित उत्तरी धादिङको रुबिभ्यालीका स्थानीयलाई राहत स्वरुप त्रिपाल वितरण गरिएको छ ।
नेकपा समाजवादी पार्टीका नेता गुरु प्रसाद बुर्लाकोटीको नेतृत्वमा रुबिभ्यालीका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत २७५ थान त्रिपाल वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी धादिङ र जिल्ला प्रशासन धादिङको समन्वयमा उपलब्ध त्रिपाल लब्दुङ, पुरु, ठुलोगाउँ, लिङ्जो, कामीगाउँ लगायत हिमपातले प्रभावित बस्तीका स्थानियहरुलाई वितरण गरिएको बुर्लाकोटीले जानकारी दिए ।
त्रिपाल लिएर गाउँ पुगेका बुर्लाकोटी र नेपाल रेडक्रस सोसाईटी धादिङका मन्त्री दुर्लभ कुमार तामाङले रुबिभ्याली १ का वडा अध्यक्ष मेन घलेलाई वितरण गर्ने जिम्मा लगायर फर्किएका हुन् ।
राहत वितरणका लागी नेपाली सेनाको हेलिकोप्टर भने मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले व्यबस्था गरिदिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar