काठमाण्डौ – नेपाल टेलिकमले सर्वसाधारण नागरिकका लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन ।
जसले गर्दा कम्पनीको टेलिफोन, मोबाइल, इन्टनरनेट लगायतका सेवाको आवश्यक जानकारी तथा सेवा लिनसमेत पाइरहेका हुँदैनन् । सर्वसाधारणकाे सहजताका लागि विभिन्न सेवा प्रयोग गर्न नेपाल टेलिकमले विशेष शर्टकोड सेवा ल्याएकाे छ । तत्काल प्रयोग नगरेपनि यी शर्टकोड अप्ठ्याराे परेका बेलामा काम लाग्नसक्छ ।
१००: प्रहरी
१०१: दमकल
१०२: एम्बुलेन्स
१०३: ट्राफिक प्रहरी
१०४: बालबालिका खोजतलास
१०५: नेपाली सेना, काठमाडौं उपत्यका
१०६ः नेपाली सेना, केन्द्रीय सैनिक, प्रहरी गुल्म
१०७: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१११ः सैनिक हस्पिटल छाउनी
१०९८: बाल हेल्पलाइन
११०३: ट्राफिक प्रहरी जावलाखेल
११११: हेलो सरकार
११४४: पर्यटक प्रहरी
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar