लण्डन – युवराज चाल्र्स राजा बनेपछि क्यामिला नै रानी बन्ने बेलायती महारानीको भनाइ सार्वजनिक भएपछि बेलायती रानीको बारेमा रहेको अन्योल हटेको छ ।
राजकुमारी डायनाको मृत्युपछि दोस्रो बिहे गरेका युवराज चाल्सले क्यामेलासंग दोस्रो बिहे गरेपछि उनले रानीको हैसियत पाउने नपाउने बारेमा वेलायती राजदरबारले अहिलेसम्म मुख खोलेको थिएन ।गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् ।
उनले युवराज चाल्र्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी छन् । क्यामिला युवराज चाल्र्सकी दोस्रो हुन् । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको थियो ।
तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी छन् । पन्चानब्बे वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन् , ‘मेरो छोरा चाल्र्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar