काठमाण्डौ – साताको पहिलो दिन आज सेयर बजार घटेको छ ।
आइतबार सेयर बजारको परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ पुगेको हो । दिनभरमा २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ ४७ पैसाको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १७५ कम्पनीको मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको मूल्य बढेको छ । बाँकी ३ कम्पनीको मूल्य स्थिर छ । आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक पनि नकारात्मक देखिएको छ ।
आइतबार नेपाल हाइड्रो डेभलपर्सको सेयर ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै, एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३.८० र शिखर इन्स्योरेन्सको ३.१७ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार अरुन भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।
कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँ ३० पैसाको कारोबार भएको हो । यसपछि, नेपाल लाइफ इन्स्योरेन्सको ४३ करोड ४७ लाख ८२ हजार ८७ रुपैयाँ २० पैसा, अपि पावरको २५ करोड ९५ लाख ७५ हजार २९ रुपैयाँ, नेसनल हाइड्रोपावर कम्पनीको २४ करोड ११ लाख १ हजार ७५६ रुपैयाँ ३० पैसा र अपस तामाकोशीको २२ करोड ३८ लाख ८२ हजार ८९६ रुपैयाँ ८० पैसाको कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar