काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना मन्त्री सरकारबाट फिर्ता बोलाउने शंकेत गरेका छन् ।
एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री देउवासँग विवाद भएपछि प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लाई लेखेको पत्र सार्वजनिक भएपछि देउवा र प्रचण्डबीच विवाद भएको हो ।
अध्यक्ष प्रचण्डले बिहान देउवालाई टेलिफोन गरि पत्र सार्वजनिक भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै सरकारबाट बाहिरिने संकेत गरेका हुन् । एमसीसी पारित गराउने गरी प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार एमसीसीबारे लेखिएको पत्र सार्वजनिक भएको उनको बुझाइ छ। प्रचण्डनिकट स्रोतका अनुसार फोनवार्तामा प्रचण्डले प्रधानमन्त्री देउवालाई आफूले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए।
देउवाले पनि प्रचण्डसँगको गठबन्धन टुटाएर एमालेसँग सहकार्यको तयारी गरको बुझिएको छ । जसअनुसार देउवाले आज छलफलका लागि एमाले अध्यक्ष ओलीलाई बालुवाटारमा बोलाएका छन् । त्यस्तै बार्ताका क्रममा ओलीसंगै प्रचण्डलाई पनि बालुवाटार बोलाएका छन् ।
गठबन्धनमा रहेका प्रचण्डसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संशोधनपछि पास गर्नुपर्ने पक्षमा रहेका छन् भने देउवा जस्ताको तस्तै पास गर्ने पक्षमा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar