काठमाण्डौ – स्वर कोकिलाको रुपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ ।
जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् । भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जली । उनको निधन देशका लागि अपूरणीय क्षती हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् । ’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar