काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सात लाख रुपैयाँभन्दा बढीको कर्जा विवरण पेश गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले सबै वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै सात लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विवरण पठाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण गर्ने गरेको र सोही प्रयोजनको लागि विवरण माग गरेको जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar