काठमाण्डौ – मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिग ग्राहकलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरु सँग सम्झौता गर्दै आएको छ ।
बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियन संग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले होटेल ड्र्यानडलियनका सेवा जस्तै बसाँई, बेड र ब्रेकफास्ट , रेस्टोरेन्ट जस्ता सेवा सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न त्यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिग क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स, मिस्डकल बैंकिग जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar